दाङका राजपुर गाउँपालिकाबाट एसइइमा एकजना मात्रै उतिर्ण

दीपक बोहरा
दाङ, १५ असार । दाङको राजपुर गाउँपालिकाबाट एसइइ परीक्षामा एक जना मात्रै विद्यार्थी उतिर्ण भएका छन् । पालिका भित्र रहेका ८ वटा माध्यामिक विद्यालयका दुईसय २५ जना विद्यार्थीले एसइइ परीक्षा दिएकोमा एक जना मात्रै उत्तिर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यामिक विद्यालय गंगदीबाट गेहेन्द्र यादव मात्रै उतिर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षा दिएका थिए ।

सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ जना, शंकर माध्यमिक विद्यालय खरदरियाबाट ४५ जना, माध्यमिक विद्यालय दुलैयाबाट ९ जना, बाल कल्याण माध्यमिक विद्यालय खंग्रानाकाबाट १० जनाले एसइईको परीक्षा दिएका थिए ।


त्यस्तै माध्यमिक विद्यालय सिक्टाबाट ३० जना, गौरीशंकर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति माध्यमिक विद्यालय भौवानाकाबाट ६ जनाले एसइइ दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरेपनि त्यो अनुसारको नतिजा नआउँदा आफूहरु दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताइन ।“हामीले शिक्षामा धेरै लगानी ग¥यौं”,उनले भनिन् “तर, लगानी अनुसारको नतिजा दिन सकेनौं ।” ८ वटै विद्यालय सामुदायिक हुन् ।

तीनसय ५० जना विद्यार्थीले परीक्षा दिएकोमा बंगलाचुली गाउँपालिकाबाट पनि १३ जना मात्रै उत्तिर्ण भएका छन् ।