दाङमा दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु

दाङ,३ मङ्सिर । दाङमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक ब्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ निवासी २८ बर्षीय अमृत केसीको मृत्यु भएको हो ।


तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ८४६४ मोटरसाइकल र घोराही देखि तुलसीपुर तर्फ आउदै गरेको रा ७ प ६५५४ नम्बरको मोटरसाइकल आईतबार बेलुका सवा ६ बजेतिर ग्वार खोला नजिकै एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै अर्को मोटरसाईकलका चालक सल्यान सारदा नगरपालिका १ श्रीनगर बस्ने २४ बर्षीय दिनेश बुढाथोकी र पछाडी सवार सोही ठाँउका २४ बर्षीय कमल केसीको अबस्था सामान्य रहेको छ ।