दंगीशरणमा अरिङ्गालको टोकाईबाट महिला घाइते

तुलसीपुर, ८ कात्तिक ।
पश्चिम दाङको दंगीशरणमा अरिङ्गालको टोकाईबाट एक महिला बिरामी परेकी छन् ।


पश्चिम दाङको दंगीशरण गाउँपालिका –७ सिमठाना निबासी ५० वर्षकी विमला खड्कालाई बारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो । विमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छोरा माधव खड्काले जानकारी दिनुभयो ।