व्यवसायी र संस्थाको नेतृत्व संगसंगै लैजादा…

टेकराज भण्डारी
सन्दीप भुसाल सामाजिक अभियानता हुन् । उनको जन्म २०५० साल जेठ २१ गते तुलसीपुर उपमहानगरपालिका वडा नं.१ मा पिता सूर्य प्रकाश भुसाल र माता लक्ष्मी भुसालको जेठो छोराको रुपमा भएको हो । उनको बाल्यकाल सामान्य तरिकाले बित्यो ।

उनले कक्षा १ देखि कक्षा ८ सम्म काठमाडौंको लिटिल ह्यान्जल स्कूलमा अध्ययन गरे । उनले एस.एल.सी काठमाडौंको भानुभक्त मेमोरियलबाट २०६५ सालमा पास गरे । उनी प्लटु पढ्नकालागि दाङ तुलसीपुर आए । उनले प्लटु तुलसी आवासीय विद्यालयबाट पास गरे । गोल्डनगेटबाट मास्टर्स इन फिजिक्स गरे पछि अहिले राप्ती बाबाई क्याम्पसबाट व्यवस्थापन विषयमा डिग्री अध्ययन गरी रहेका छन् । उनी पढाईसंगै समाज सेवामा पनि सक्रिय बने । विभिन्न संघसंस्थाको माध्यमबाट उनले समाज सेवा गरे ।

भुसालको जेसीजको यात्रा
उनले जेसीजको सदस्यता २०१६ मा लिए । त्यसपछि उनी नेतृत्वमै रहेर काम गर्ने अवसर पाए । २०१७ मा एनजीओ /आई एन जीओ संयोजक, २०१८ मा उपाध्यक्ष, २०२० मा प्रशिक्षण संयोजक, २०२१ मा सचिवालय प्रमुख, २०२२ मा कार्यकारी उपाध्यक्ष र २०२३ मा महासचिव छन् । उनले नेपाल जेसीसद्वारा उत्कृष्ट TOT स्नातक पुरस्कार पाए । २०२२ मा JCI तुलसीपुरद्वारा उत्कृष्ट युवा पुरस्कार पाए । उनी अहिले तुलसीपुर नगर जेसीज अध्यक्षका इच्छा राखेका छन् ।

हालसम्म भुसाल आबद्ध संस्था
तुलसीपुर नगर जेसीज महासचिव, Rotaract Club Of Tulsipur,  लायन्स क्लब, किवानिस क्लब, अप्टिमिष्ट क्लब अफ तुलसीपुरलगाएत विभिन्न संस्थामा आबद्ध भई समाज सेवा गरिरहेका छन् । उनले बिहान लिटिल हेभन कलेजमा पढाउ छन् ।


उनले माइल्स कन्सल्टेन्सी, मटका चिया घर, हाम्रो गार्मेन्ट उद्योग र माइल्स हॉलिडे टुर्स एण्ड ट्राभल सञ्चालन गरेका छन् । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँग कन्ट्री ट्रेनरको रूपमा उनलाई सामुदायिक विकासको लागि गहिरो प्रतिबद्धता जगायो। उनको विशेषज्ञता NLP अभ्यासकर्ता बनेर र स्थानीय र राष्ट्रिय स्तरमा सय भन्दा बढी युवा प्रशिक्षण सत्रहरू सञ्चालन गरे । उनले नेपालका विभिन्न जिल्लाको भ्रमण संगसंगै विदेशका देशहरू दुवै, भारत, थाइल्यान्ड, मलेसिया र सिंगापुर लगाएत विभिन्न देश भ्रमण गरेका छन् ।

सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर जन्मेका हुन्छन् । भुसालको पनि जीवनमा एउटा लक्ष्य छ, व्यवसायीमा सफल हुने । ‘हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर आफ्नो लक्ष्य पूरा गर्नु पर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउछन्’,उनले भने ‘तर हामीले कहिले हार मान्नु हुदैन । सफल व्यवसायीको रुपमा परिचित हुने मेरो लक्ष्य थियो ।’

उनको परिवारमा आमा, श्रीमती, भाइ र बुहारी छन् । उनको आमा सरकारी शिक्षिका, श्रीमती नेपाल वाणिज्य बैंकमा कार्यरत, भाई अध्ययनको लागी क्यानडा र बुहारी नबिल बैंकमा कार्यरत छन् । उनले जीवनमा धेरै संघर्ष गरेर यो स्थानमा आएका छन् । उनले बाकी जीवन सफल व्यवसायीको रुपमा परिचित बनाई समाज सेवा गरि बिताउने उनको चाहाना छ ।