प्रहरी र संगीत संग–संगै

टेकराज भण्डारी
भुपेन्द्र बुढाथोकीको जन्म २०५१ साल भदौ २२ गते सल्यान जिल्लामा भएको हो । सामान्य परिवारमा उनको जन्म भएको थियो । भुपेन्द्र सानो हुँदा बुबाले सल्यानबाट बसाइँ सराई गरेर दाङको तुलसीपुर आएका थिए । भुपेन्द्र दाङ तुलसीपुरमै हुर्के । उनले तुलसी बोडिङबाट एस.एल.सि पास गरे । त्यसपछि उनले प्लस टु गोरखा मावि तुलसीपुरबाट पास गरे । भुपेन्द्रको स्कुल पढ्दा देखि नै गजल, कविता र गीतमा रुचि थियो ।

एसएलसी दिएपछि भुपेन्द्रलाई लाहुरे बन्ने सपनाले तान्यो । भुपेन्द्र तीन वर्षसम्म लाहुरे बन्ने भनेर हिँडे । तर उनको लाहुरे बने सपना पूरा भएन ।  त्यहीबीचमा प्रहरीमा भर्ना खुलेको थियो । २०७३ सालमा उनी प्रहरीमा भर्ती हुन सफल भए । उनको  सुरू भयो प्रहरी जीवन । प्रहरी सहायक निरीक्षकका रूपमा उनको सुरूको पोस्टिङ बाँकेमा भयो ।  त्यसपछि दाङको पुलिस स्कुलमा भयो ।

त्यति बेला पनि भुपेन्द्रले कविता,गजलहरू लेख्न छोडेका थिएनन् । २०७४ सालमा उनी नेपालगञ्ज प्रहरीको तीन महिनाको तालिममा थिए । उनले तालिममा प्रहरी जीवनलाई नजिकबाट निकाल्ने मौका पाए । तालिमकै बसाइमा उनले गीत नै तयार पारे । उनले तयार पारेको गीत प्रहरी जीवनबारे थियो । आफूले लेखेको गीत साथीहरूलाई सुनाए । प्रहरी  साथीहरूले भुपेन्द्रलाई गीत निकाल्न आग्रह गरे । उनले राजेशपायल राईको स्वरमा गित तयार पारे । ‘हामी नेपाल प्रहरी ।’ २०७४ सालमा उनको गित  म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भयो ।


उनको पहिलो गीत थियो ‘हामी नेपाल प्रहरी ।’ उनको  गीत सिंगो प्रहरी संगठनसँग जोडिएको थियो ।  प्रहरीका उच्च अधिकारीहरूले राम्रो गीत लेख्यौ, अझै लेख्दै जानु भनेर सल्लाह दिए । दर्शक र प्रहरीले पनि उनको गीत रूचाए । प्रहरीका हरेक कार्यक्रमहरूमा उनको गीत बजाउन थालियो । भुपेन्द्रमा गीत लेख्ने हुटहुटी झन् बढेर आयो । त्यसपछि उनले ६ महिनामै दोस्रो गीत निकाले ‘फूल भनौं जिन्दगीलाई’ । त्यो गीतमा गायिका पूर्णिमा लामाले स्वर दिइन् । त्यो गीत भुपेन्द्रले आफ्नै युट्युब च्यानलबाट अपलोड गरे ।

सुरूका तीन महिना गीतमा एक लाख भ्युज पुग्यो ।  तीन महिनापछि गीतमा भ्युज बढ्दै गयो । एक दिनमै ६० हजारसम्म भ्युज जान थाल्यो ।  गीतले १ करोड १० लाख भ्युज पायो ।  भुपेन्द्रका लागि एकदमै अनपेक्षित थियो । ‘दर्शकको यति धेरै माया पाउँला भनेर सोचेकै थिइनँ, त्यो एउटा मीठो सपना जस्तै थियो ।

त्यसपछि भुपेन्द्रले आधुनिक गीतहरू निकाल्दै गए । अब खुसी, डाँडापारि मेरो माया, परदेशीको दशैं, मुटु टु्ट्दा र धोकामाथि धोका गरि आठवटा आधुनिक गीति–संग्रह निकालि सकेका छन् । प्रमोद खरेलको स्वरमा निकालेको ‘धोकामाथि धोका’ गीतको भ्युज ५० लाख पुगेको छ । भुपेन्द्र गीत–संगीतमा आफ्नो स्थान बनाउन सफल भएका छन् । उनले जीवनमा धेरै संघर्ष गरेर यो स्थानसम्म आएका छन् । साभारः अग्रिम साप्ताहिक