टेकराज भण्डारी
नेत्र लाल भट्टराई ‘नारायण’ सामाजिक अभियानता हुन । उनको जन्म वि.स. २०४५ माघ १९ गते सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा न. ४ डिमुरे गाउँमा भएको हाे । उनको बाल्यकाल रमाइलो तरिकाले बित्यो ।
उनकाे पारिवारिक ब्यागग्राउन्ड अलि गाह्रो थियो । पारिवारिक अवस्था सुधार गर्न उनको बुबाले धेरै दुःख/कष्ट गर्नुपरेको थियो ।
उनी बाल्यकाल सम्झन छन् ” हामी सल्यानमा रहँदा तिजमा राती भागी भागी नाच हेर्न जाने गर्थ्यौ, रातिमै काक्रा, अमिला चोरेर खाएको अझै पनि सम्झन्छु । तिहारमा देउसी भैलो खेल्न गएको, मैले बासुरी बजाउन अलिअलि जान्ने भएकोले साथीहरू मलाई खोजीखोजी भैलोखेल्न लैजान्थे सारै रमाइलो लाग्थ्यो, पढाईमा पनि हरेक कक्षामा म उमेरको हिसाबले सबैभन्दा कान्छो भएकोले सबै साथीभाइले माया गर्थे ।”
उनले प्रा.वि.तह सल्यान जिल्ला तत्कालीन कालीमाटी रामपुर गा.बि.स स्थित श्री सृजनशिल प्रा.बि. बाट कक्षा ५ सम्म पढे । त्यसपछि कक्षा ६ देखी १० सम्म श्री शारदा जनकल्याण मा.वि. रामपुर सल्यानमा र बि.क. २०६० शालमा उक्त विद्यालयबाट एस.एल.सि.(SLC) पास गरे । त्यसपछि श्री जन उच्च मा.वि. बिरेन्द्रनगर सुर्खेतबाट वि.स. २०६४ सालमा साइन्समा प्लस टु पास गरे । त्यतिबेला उनी बसाइँसराइ गरि तुलसीपुर आइसकेका थिए । त्यसपछि उनले दाङ घोराही महेन्द्र बहुमुखी क्याम्पसबाट बि.स. २०६८ सालमा विएससि पास गरे । उनले विएससि पढदै गर्दादेखी विभिन्न विद्यालयमा टिचिङ पनि गर्थे । बि.स. २०७१ सालमा त्रिभुवन विश्वविद्यालयको बिरेन्द्र बहुमुखी क्याम्पस चितवनबाट भौतिक बिज्ञान( Physics) मा मास्टर्स डिग्री पास गरे । फेरि टि.यु. बाट नै अर्थशास्त्रमा पनि मास्टर्स डिग्री गरे । नेपाल खुला विश्वविद्यालयबाट एम्फिलमा भर्ना भइ अहिले थेसिसको काम गरिरहेका छन् ।
शिक्षण पेशालाई थप राम्रो गर्नु पर्छ, जम्नुपर्छ भनेर केही विद्यालयमा लगानी गरे । हाम्रो पेशागत विकासको लागि सामुदायिक तथा सस्थागत बिज्ञान शिक्षकहरु तथा विद्यार्थीहरुको लागि काम गर्ने सस्था बिज्ञान शिक्षक समाज तुलसीपुर क्षेत्रको २ कार्यकाल अध्यक्ष भएर पनि काम गरे । हामी सामाजिक प्राणी भएर आइसकेपछि सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले युवाको अन्तर्राष्ट्रिय सस्था जेसिज अभियानमा पनि लागे । तुलसीपुर नगर जेसिजको सस्थापक कोषाध्यक्ष देखी वर्ष २०२१ मा साखा अध्यक्ष र नेपाल जेसिजको वर्ष २०२२ को लागि भएको पोखरा महाधिवेशनमा राष्ट्रिय उपाध्यक्ष पदमा निर्बाचित भएर काम गर्ने मौका पाए जसबाट ब्यक्तित्व, नेतृत्व विकास गर्न धेरै मौका मिल्यो, त्यसै गरि केही समय शिक्षण पेशा सङ्गै राजनीति पनि गरे । कोरोनाकालमा जेसिज अभियान मार्फत धेरै सहयोग गरे । उनी पछि सकारात्मक तथा आसाबादी सोच राख्ने अप्टिमिस्ट क्लबमा पनि आवद्धता भए । सानोतिनो उद्घमि बन्ने उदेश्यले केहि साथीहरू मिलेर तुलसीपुरमै हाम्रो गार्मेन्ट उद्योग पनि संचालन गरेका छन् ।
उनी आवद्ध तथा लगानीमा रहेका शैक्षिक सस्थाहरु: शान्तिदिप इङलिस बोर्डिङ स्कुल, ग्रेट अरनिको इङलिस स्कुल र बेबिजोन मन्टेश्वरी जुन स्कुलहरू दाङ तुलसीपुरबाट संचालित छन । अब्बल सस्थाको रूपमा बिकसित हुँदै छन ।
शिक्षक सेवा आयोगको परिक्षा उतिर्ण गरि रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका वडा न. ३ स्थित श्री चन्द्र प्रभा माध्यमिक बिद्यालयमा मिझिङ रोल्पामा बिगत एक वर्ष देखी स्थायी शिक्षकको रूपमा कार्यरत छन् । रोल्पा जिल्लाका बिज्ञान शिक्षकहरुलाइ गोलबन्द गर्दै बिज्ञान शिक्षक समाज रोल्पाको अधिबेशनबाट अध्यक्ष पदमा रहि काम गर्दै आएका छन् ।
उनको परिवारमा हजुरआमा, बुवा, आमा, १ दिदी, ४ बहिनिहरु , श्रीमती , २ छोरी र १ छोरा छन् । उनी भन्छन् “पछिल्लो लक्ष्य राजनीति मार्फत जनताको सेवा गर्ने नै थियो तर अहिले नेपालको राजनीति सहि लाइनमा छैन। राजनीतिमा मैले केहि समय काम गर्दा अनुभव पनि पाय, आर्थिक पनि खर्च गरे तर मेरो परिवारको चाहना भने सरकारी जागीर खाने, घरमै बस्ने भन्ने भएको कारण केही समय यो पेशामा राम्रो गर्ने प्रयत्न गर्छु अतत्वगत्वा म जाने भनेकै समाज सेवामा नै हो जस्तो लाग्छ।”
उनी भन्छन् “जीवन कस्तो बनाउने र जिवनलाइ कसरी लिने भन्ने आफैमा निर्भर रहने कुरा हो। जे हुन्छ राम्रै हुन्छ भनेर सकारात्मक तरिकाले अघि बढौ, पक्कै राम्रो हुन्छ। जिवनमा काम गर्दै जाने हो, असहजलाई सहज बनाउदै जानु, त्यही अनुसार आफुलाइ रुपान्तरण गर्नु नै जीवन हो भन्ने लाग्दछ। हरेक सानोतिनो खुशिमा पनि रमाउने, अरुको दु:खलाई पनि आफ्नो ठान्ने, सकेको सहयोग गर्ने, सहयोग माग्ने पनि, अरुको सफलतामा पनि खुशी हुने, अनि सबैको राम्रो होस भन्ने सोच राखे जीवन अत्यन्त आनन्द हुन्छ यहीँ गर्नु नै जीवन हो जस्तो लाग्छ मलाई ।”
बाँकि जीवनम आवद्ध शैक्षिक सस्थालाइ राम्रो गराउन प्रयत्न गर्ने, सामाजिक काममा लाग्ने, परिवार सङ्गनै रमाउने , आफ्नो शैक्षिक योग्यता, दक्षता थप गर्दै जाने र अन्तत्वगत्वा सामाजिक जीवन जिउने सोच बनाएको छु। साभार: अग्रिम साप्ताहिक
लाइभदाङ । १२ चैत्र २०८०, सोमबार १०:४१ बजे