दाङमा फागुन १ देखि विद्यालय खुल्ने,१२ बर्ष नपुगेका विद्यार्थीलाई भने आलोपालो

तुलसीपुर
२८ माघ /  दाङमा फागुन १ गते देखि भौतिक रुपमा पठन–पाठन सञ्चालन हुने भएको छ ।

कोभिड शंकट व्यबस्थापन केन्द्र दाङको माघ २८ गते बसेको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरि कक्षा सञ्चालन गर्न आदेश गरेको हो । १२ बर्ष पूरा नभएका विदार्थीहरुको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन गर्न समेत आदेश गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार होटेल, रेष्टुरेन्ट, डान्सबारलगायत रात्रीकालीन व्यबसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल पनि सञ्चालनकोे अनुमति दिईसकिएको छ ।


त्यस्तै पार्टी प्यालेसहरु पनि बढिमा ५० प्रतिशत वा १०० जनामा नबढ्ने गरि सञ्चलालन गर्न, खेलकूदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरि सञ्चालन गर्न अनुमति दिएको छ ।

No photo description available.