त्रिसिद्देश्री राप्ती यातायातको भारत जाने बसमा एउटै सिटका दुईवटा टिकेट

तुलसीपुर,२१ कात्तिक । दाङको तुलसीपुरबाट भारतको दिल्ली जाने बसमा एउटै सिटमा दुई वटा टिकेट काट्ने गरेको पाईएको छ । शुक्रबार मात्रै तुलसीपुरबाट भारत जादै गरेको लु.प्र.–०३–००१ ख–०११५ नम्बरको बसमा एउटै सिटमा दुई वटा टिकेट काटेको पाईएको हो ।

लामो दुरीको यात्रामा पनि यसरी एउटै सिटमा दुई वटा टिकेट काट्या यात्रुहरु उभिएर यात्रा गर्न बाध्य छन् । एक यात्रुका अनुसार मुडामा समेत टिकेट काट्ने गरिएको छ ।“एउटै सिटमा दुईवटा टिकेट काटिएको छ”,उनले भने“मुडामा समेत टिकेट काटेर यात्रा गर्ने गरिएको छ।” श्रीपेच होली डे नामको उक्त गाडीको टिकेट त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिले नै काट्दै आएको छ ।


यसरी तुलसीपुरबाटै कोचाकोच यात्रा भएपनि ट्राफिक प्रहरीले भने अनुगमनमा चासो दिएको छैन । कडाई गर्दा ब्यबसायी गर्ने वातावरण भएन भन्ने गुनासो आउने र फितलो गर्दा लापरवाही गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख उपेन्द्र बमले बताए । अब भारत जाने ति गाडीहरुलाई अनुगमनमा तिब्र बनाउने बताए ।“आज गुनासो आयो, अब हामीले भारत जाने गाडीलाई कडाई गर्छौं”,उनले भने “यसरी सिट भन्दा बढि क्षमता राख्न पाइदैन ।”