चौरजहारीका भुकम्प पीडितलाई स्वास्थ्यकर्मीको सहयोग

दाङ, २५ कात्तिक ।
रुकुम पश्चिम चौरजहारीका भुकम्प पीडितलाई स्वास्थ्यकर्मीहरुले सहयोग गरेका छन् । रुकुम चौरजहारी ६ निवासी स्वास्थ्यकर्मी विरेन्द्र महताराको पहलमा २० हजार पाँचसय ५५ रुपैँया सहयोग गरिएको हो ।

महताराको पहलमा चन्द्रागिरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले उक्त रकम सहयोग गरेका हुन् । महतारा चन्द्रागिरी नगरपालिकामा कार्यरत छन् ।


दुःखको बेला सबैले सहयाेग गर्नु पर्ने भन्दै आफूले सहयोग गरेको महताराले बताए ।

चौरजहरीमा पनि भुकम्पले क्षति पुर्‍याएको भन्दै सहयोग आह्वान गरिएको छ ।