महाकवि देवकोटाकाे सम्झनामा कविता वाचन कार्यक्रम सम्पन्न

दाङ, २५ कार्तिक ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखाले कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ। शाखाले शुक्रबार भर्चुअल माध्यमबाट दीपावली,छठपर्व र नेपाल संवतकोअवसरमा शुभकामना आदानप्रदान तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखा अध्यक्ष डि.आर. न्यौपाने सूर्यको अध्यक्षता तथा साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संगमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आमन्त्रित कविका रूपमा लुम्बिनी प्रदेशमा सक्रिय ४ जना कविहरू क्रमशः नारायणप्रसाद भण्डारी, सरु ज्ञावाली, सिर्जना खनाल र महानन्द ढकालले १६ वटा कविता वाचन गर्नुभएको थियो ।


साहित्यिक चौतारी नेपाल लुम्बिनी प्रदेश शाखा सचिव रमा जैसीले सञ्चालन गरेको कार्यक्रममा साहित्यिक चौतारी नेपाल केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा कवि शंकर ढकाल र उत्तम नेपालले पनि कविता वाचन गर्नुभएको थियो ।