मुख्यमन्त्री के.सी.ले दिए धन्यवाद

मानसिंह विश्वकर्मा,
देउखुरी, २७ पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी.ले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पादन भएको दावी गरेका छन् । के.सी.ले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि पूर्णरुपले लागि परेको बताउँदै आफ्नो कार्यकाल सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं भने “मैले २०७८ साल साउन २८ गते नेतृत्व लिएको थिए, मैले प्रदेशबासी जनताको हितमा काम गरियो, यो काम गर्नका लागि मलाई जसरी सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद छ । आगामी दिनमा सरकारको काम कार्यलाई अझै प्रभावकारी रुपमा कार्यान्वय गर्ने गरी कार्यकाललाई सफल बनाउनको सहयोग गर्ने प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रदेश प्रमुख सचिव, सचिव, सचिवालयको टिमलाई धन्यवाद व्यक्त गर्दछु । ”

मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल निर्विवाद रुपमा कार्य सम्पन्न हुनुमा सबैको योगदानले भएको बताउँदै त्यसका लागि सबैले पु¥याएको योगदानको उच्च मुल्याङ्कन गरेको बताए । उनले आफ्नो नेतृत्वमा प्रदेश सभाले गरेको निर्णयले गर्दा राजधानी कार्यन्वयलाई साकार पारेको बताउँदै भने“ हामीले युगमा एक पटक इतिहास निर्माण गरेको छौं, हरेक मानिसलाई इतिहास रच्ने एक दिनको पनि एक सेकेण्डमा अबसर प्राप्त हुन्छ त्यो हामीले पूरा गरेका छौँ यो सबैको योगदानले सफल भएको छ यसलाई आगामी दिनको सरकारले बचाई राख्नेछ । ”


कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री सोनामले आफूले राजनीतिक पुजी कमाएको र जनताको सेवा गर्ने उर्जा मिलेको बताउँदै आगामी दिनमा पनि जनताको सेवा गर्ने जनाए । उनले लुम्बिनी प्रदेश र प्रदेशबासीको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम प्रखुम सचिव डा.दिपक काफ्ले मुख्यमन्त्रीको कार्यकाल कुलशलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै उहाँको कुशल अभिभावक पाएको बताउँदै आगामी दिनमा पनि राजनीतिक यात्राको सफलताको कामना गरे। उनले लुम्बिनी प्रदेशको हितमा काम गर्नका अहोरात्र लाग्नुभएको सकरात्मक परिणाम देखिने गरी जनताले अनुभूति गरेको बताए ।

मुख्यमन्त्री कुलप्रसाद केसीको निकै उच्च विचार रहेकोले आगामी दिनको पनि अभिभावकत्व पाउने आशासहित फेरी जनताको सेवामा समर्पण हुनका लागि अनुरोध गरे ।

२०७३ साल फागुन ३ गते स्थापना भएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलपछि २०७८ साल साउन २८ गते कुलप्रसाद केसीले नेतृत्व लिएको थिए। मुख्यमन्त्री केसीले प्रमुख राजनीतिक सल्लाहकार, नीजि सचिवालय, कर्मचारी, कार्यालय सहयोगी, चालकहरु, संघ संघसंस्थालाईसमेत प्रसंशा पत्र प्रदान गरेका हुन्।