पत्रकार गाउँ केन्द्रित हुनुपर्छ : जेहेन्दार

तुलसीपुर,५ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका दंगीशरण गाउँ कमिटित अध्यक्ष मनिराम चौधरी जेहेन्दारले पत्रकार अब गाउँ केन्द्रित हुनुपर्ने बताए । मुलुक संघीयतामा गएसंगै गाउँ–गाउँमा स्थानीय सरकारहरु सक्रिय भएको भन्दै अब पत्रकारहरु पनि बजार केन्द्रित मात्रै नभएर गाउँ केन्द्रित हुनुपर्ने बताए । उनले जहाँ सञ्चारको विकास हुन्छ, त्यहाँ विकासका हिसाबले पनि अघि बढ्ने र सामाजिक,राजनीतिक रुपमा पनि अघि बढ्ने बताए । प्रेस सेन्टर दंगीशरणको शनिबार भएको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताए । संगठनका दंशीशरण शाखा अध्यक्ष प्रविण योगीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि प्रेस सेन्टर दाङका सहसचिब दीपक बोहराले संघीयताका मर्म अनुसार प्रेस सेन्टरलाई पालिका स्तरमा लगेको बताए । विज्ञान र प्रबिधिको पनि तिब्र विकास भएको भन्दै अब गाउँ–गाउँमा पत्रकार उत्पादन गर्ने र त्यहाँका हरेक गतिबिधि समाचारमा आउनु पर्ने बताए । यसो हुन सकेमा त्यहाँको विकासले तिब्रता लिनुकासाथै सामाजिक, राजनीतिक हिसाबले पनि अघि बढ्ने बताएका थिए ।
अब पनि समाचार लेख्न जिल्ला वा शहर केन्द्रित पत्रकारलाई गुहार्नु पर्ने अबस्थाका अन्त्य गरेर गाउँमै सञ्चारको पहुँच पु¥याउनु पर्ने बताएका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि पार्टीका दंगीशरण गाउँपालिका सचिब दीपक गौतमले पत्रकारहरुले समाजका सकारात्मक कुरालाई सञ्चार माध्याममा ल्याउनु पर्ने बताए । पत्रकारिताको मर्यादालाई ख्याल गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । त्यस अवसरमा माओवादी केन्द्रका नेता नुम प्रसाद डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । बैठकले नियमित बैठक बस्नेदेखि सल्लाहकार कमिटि समेत गठन गरेको छ । संगठनका उपाध्यक्ष युवराज देवकोटाको स्वागत मन्तव्य ब्यक्त गरेको बैठकको सहजीकरण सचिब राधी चौधरीले गरेकी थिइन । बैठकमा कार्यसमितिको सक्रियतापूर्वक सहभागिता रहेको थियो ।