हापुरे,२८ असोज ।
दाङको बबई गाउँपालिका ४ तालगैरामा अवस्थित नवदुर्गा भवानी मन्दिर परिसरमा महाअष्टमीको दिन मेला लाग्ने भएको छ। शनिवार संगिना संरक्षण मञ्च नेपालको नेतृत्वमा स्थानियको सहभागीतामा मन्दिर परिसर सरसफाइ गर्दै विगत देखि नै काटको मेला लाग्ने चलन रहेको स्थानमा मेलालाई निरन्तरता दिईने बताएको छ।
विगतदेखि नै दुर्गा पुजा गरिने र महाअष्टमीका दिन मेला लाग्ने गरेको तर केहि बर्षदेखी मेला निरन्तर चल्न नसकेको बताउदै संगिना संरक्षण मञ्च नेपालका अध्यक्ष पुस्करराज पौडेलले मेलाालाई पुनः सञ्चालन गर्ने र मेलाको दिन संगिना संरक्षण मञ्चले बृहत सास्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरेको बताउनुभयो ।
सरसफाइका सरिक स्थानियले मन्दिरको ब्यवस्थापनमा वडा र पालिका सरकार संग बजेटको अपेक्षा गरिएको बताएका छन् । मन्दिर परिसर पुग्ने करिव ३ सय मिटर बाटो सरसफाइको आवश्यकता रहेको बताउदै उनिहरुले यसमा स्थानिय सरकारको ध्यानाकर्षण गराएका छन् ।
लाइभदाङ । २८ आश्विन २०८०, आईतवार ०७:५८ बजे