
दाङ, २२ जेठ । दाङको घोराहीस्थित होटेल भिङग्रेलीमा जुवा खेली रहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका – ५ निवासी ३४ वर्षीय खुमबहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र घोराही – १४ निवासी ४६ वर्षीय बालाराम खड्का रहेका छन् ।
उनीहरूको साथबाट नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक तास बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका – १५ स्थित भिङ्ग्रेली होटेलको ८०२ नम्बरको कोठामा जितहार हुने गरि जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले राति छापा हानेको थियो ।
पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । २३ जेष्ठ २०८२, बिहीबार १७:३५ बजे