इप्रकामा जेसिजको पुस्तकालय

तुलसीपुर, २७ असोज ।
तुलसीपुर नगर जेसीजले आज एक कार्यक्रमको आयोजना गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुस्तकालय स्थापना गरेको छ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिक राम वलीको अध्यक्षता एबम् इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमूख ठाकुर प्रसाद पोख्रेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष बिमल पौडेल,मेघराज घिमिरे एवम् मोहन सुनार लगाएतको उपस्थिती रहेको थुयो ।

No description available.बिशेष गरी विभिन्न अपराध गरी इलाका प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई लक्षित गरी विभिन्न किसिमका पुस्तकहरु सहितको पुस्तकालय स्थापना गरिएको हो। विभिन्न किसीमका जीवन उपयोगी पुस्तकहरु,चरित्र निर्माणका पुस्तकहरु,त्यसैगरी नेपालको संविधान एवम् कानुन सम्बन्धी पुस्तकहरु,लागु औषध निवारण सम्बन्धी पुस्तकहरु,सफल ब्यक्तिहरुको जीवनी तथा प्रेरणादायी पुस्तकहरु लगाएत करिव १०० भन्दा बढी पुस्तकहरु सहितको र्याक उपलब्ध गराइएको छ।


कार्यक्रमका प्रमूख अतिथी समेत रहेका इलाका प्रहरी कार्यालयका प्रमूख ठाकुर प्रसाद पोख्रेलले थुनुवा बन्धीहरुका लागि जेसीजले गरेको सो कार्यको प्रशंसा गर्दै विभिन्न कारणले बन्धीको रुपमा रहेका ब्यक्तिहरुले ति जीवन उपयोगी तथा चरित्र निर्माणका पुस्तकहरु अध्ययन गरेमा उनीहरुको बाँकी जीवनले सार्थकता पाउनमा सहयोग हुने बताएका थिए। त्यसैगरी तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष मोहन सुनारले पनि जेसीजले आफ्नो स्थापना कालदेखी नै विभिन्न किसीमका समाज रुपान्तरण एवम् सामाजिक कार्य गरिरहेको बताएका थिए।

त्यसै गरी तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिक राम वलीले पछिल्लो समयमा मानिसहरुले पुस्तक अध्ययनमा रुची नदेखाउदा उनीहरुको मानसिक एवम् आध्यात्मिक चेतनामा कमी हुनजादा विभिन्न किसीमका अपराध समेत गर्न पुग्ने बताएका थिए र इलाका प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गर्दा त्यहा रहेका कैदीहरु लगाएत त्यहा कार्यरत प्रहरी कर्मचारीहरुलाई समेत पुस्तक पढ्ने बानीको विकास हुने कुरा बताएका थिए।

तुलसीपुर नगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा त्यस पुस्तकालय निर्माण कार्यक्रमका संयोजक जेसी शैलेन्द्र कुमार ओलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ बोर्ड सल्लाहकार जेसी छबि कुमार वलीले गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव जेसी सन्दिप भुसालले गरेका थिए।