ज्ञानज्योती र युनाइटेड खुला फुटबलको उपाधी होडमा

लक्ष्मण बस्नेत
तुलसीपुर १५ असोज  ।
दाङ तुलसिपुरको टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८को फाइनलमा ईनोभेटिभ ज्ञानज्योती फुटबल क्लब तुलसिपुर र युनाईटेड युथ क्लब तुलसिपुर भिड्ने भएका छ्न् ।
टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेल सनिवार दिउँसो १ बजे हुनेछ। उपाधी होडमा रहेका दुबै टिममा सशक्त र शानदार खेल प्रदर्शन गर्ने खेलाडीको वर्जस्व भएका ले फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । सेमिफाइनल खेलमा माईलदाई फुटबल क्लब कालितारा लाई सुन्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै ज्ञानज्योती ले फाईनल यात्रा तय गरेको थियो । त्यस्तै बेलुवा फुटबल क्लब तुलसिपुर लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै युनाईटेड युथ क्लब तुलसिपुर ले ज्ञानज्योती फुटबल क्लब तुलसिपुर संगको फाईनल भिड्न्त पक्का गरेको हो ।


स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता ले नगद ५० हजार, ट्रफी तथा मेडल, प्रमाणपत्र हात पार्नेछ्न।त्यस्तै सेमिफाइनलमा हार ब्यहोरेका दुबै टिम लाई १०र १० हजार प्रदान गरिनेछ । त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिनु भएको छ। यसैबिच आयोजकले सनिवार दिउँसो हुने प्रतियोगिताको फाईनल खेल तथा समापन समारोहमा उपस्थितिको लागि खेलप्रेमी, खेलाडी, आम शुभचिन्तक लगाएत सबै अनुरोध समेत गरेको छ ।