राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष शाहले गरे पदभार ग्रहण

तुलसीपुर, ४ मंसिर ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष दिपक शाहले पदभार ग्रहण गरेका छन् । सोमबार शाहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै शाहले स्वास्थ्य क्षेत्र सम्बेदनशील क्षेत्र भएकाले यसको विकासमा आफूले महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा अस्पताललाई सुधार गरेर देखाउने उनको भनाई छ ।


अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको अध्यक्षता तथा  आपतकालिन ईन्चार्ज धनबहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा पूर्वध्यक्ष विष्णुकुमार देवकोटा,महाविर शाह, रुद्रमणी शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण अस्पतालका ल्याब टेक्निसियन जीवन खड्काले गरेका थिए ।