सल्यानमा जीप दुर्घटना हुँदा १५ जना बढी घाइते

सल्यान, १२ असोज । सल्यानको गरिपारे मेलाबाट यात्रुहरु लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा १५ जना भन्दा बढी यात्रु घाईते भएका छन् ।


जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ गरिपारेमा शुक्रबार लागेको स्थानीय मेलाबाट यात्रुहरु बोकेर शारदा नगरपालिकाको स्यानीखालतर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जीव दुर्घटना भएको हो । जीप बुलेका पौने ५ बजेतिर छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्री कच्चि सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ । जिपमा सवार चालक सहितका यात्रुहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि श्रीनगर तर्फ पठाइएको छ ।