
तुलसीपुर, १४ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.३ स्थित ग्रिन बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो बार्षिकोत्सव मनाएको छ ।
संस्थाका अध्यक्ष गुरु प्रसाद तिवारीको अध्यक्षता तथा वडाध्क्ष विरबहादुर विकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि विकले सहकारीको माध्यमबाट आम्दानीमा जोडिनु पर्ने बताए ।
उनले सहकारी नै समृद्धिको एउटा आधार भएकाले यसलाई शसक्त बनाउनु पर्ने बताए ।
त्यस अवसरमा जिल्ला सहकारी संघका अइयक्ष हेमराज गौतम, तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य शैलेन्द्र कुमार बुढाथोकी, संस्थाका सल्लाहकार झरेन्द्र खरेल, भट्टे सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । शनिबार संस्थाको तेस्रो बार्षिकोत्सव मनाएको हो ।



लाइभदाङ । १४ आश्विन २०८२, मंगलवार ०७:१५ बजे