मावि सौडियारमा अंग्रेजी माध्यमबाट पढाउन सुरु

दाङ, ५ असोज  ।
घोराही ७ सौडियार स्थित मावि सौडियारमा स्थायी शिक्षकहरुको आन्दोलन चलिरहेकै बेला विब्यसकै पहलमा अंग्रेजी माध्यमको पढाई सञ्चालन भएको छ । पढाई सुचारु गरेकोमा शिक्षकलाई विब्यसले धन्यवाद दिएको छ ।

आईतबारदेखि नियमीत कक्षा सुरु हुने विब्यसले जनाएको छ । आन्दोलनले उठाएका जायज मागप्रती विब्यसको समर्थन हुँदा हुँदै पनि विद्यालयका प्र.अ. ज्ञानेन्द्र गौतमले नै आफै आन्दोलनकारी भएको र विद्यालय खुल्ने भनेपछि बन्द गर्न दबाब आएकाले विद्यालय खुलाउन नसक्ने ब्यहोरा उल्लेख गर्दै कारबाही भोग्न तयार रहेको बताएपछि विब्यस सदस्य जिउधन चौधरीको पहलमा विद्यालयको मुल गेट बाहिर र पछि ताला खोलेर विद्यालयको प्राङ्गणमा बसेर शिक्षकले पढाउन सुरु गरेको विब्यस अध्यक्ष निशानदाजु भट्टराईले बताए ।


त्यसको लागि विब्यसको अनुरोधलाई स्विकार गर्दै आन्दोलनलाई सिर्जनात्मक बनाउने कुरामा सहयोग गरेकोमा शिक्षकप्रति अध्यक्ष भट्टराईले आभार ब्यक्त गरे । आइतबारबाट बिहानको प्लस टु र नेपाली मिडियमको पढाई पनि सुरु गर्ने विब्यसको भनाई छ ।

यदि स्थायी शिक्षकहरुले आफ्नो दायित्व भुलेर आन्दोलनमा जारि राख्ने भए आन्दोलनको समयमा आफै बिदामा बस्न पनि अध्यक्ष भट्टराईले अनुरोध गर्दै अन्यथा कानुन बमोजिम हुने कुरामा सचेत गराएका छन । पहिलो दिन थोरै बिद्यार्थी उपस्थित भएपनि पढाई सुरु गरिएको भन्दै विब्यस सदस्य जिउधन चौधरीले बालबालिकाको भबिष्यप्रती खेलवाड नगरौ भन्ने शन्देश दिन विद्यालय खोलीएको बताए ।