रोकाको निधनको पाँचौ दिनको अवसरमा श्रद्धान्जली सभा

दाङ, ९ पुष ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका वडा नं.१४ ले श्रद्धान्जलीसभा सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं.१४ निवासी पार्टी सदस्य शोभाबिन्दु कुमारी रोका मगरको पाँचौदिनको अवसरमा उपमहानगरपालिका पार्टी कार्यलयमा श्रद्धान्जलीसभा सम्पन्न गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका वडा नं.१४ का पार्टी कमिटि अध्यक्ष बिशाल श्रेष्ठको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय भिमकुमारी बुढाको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपाकिला अध्यक्ष रमेश वलीको विशिष्ट आतिथ्यताम श्रद्धान्जलीसभा सम्पन्न भएको हो ।

श्रद्धान्जलीसभामा प्रमुख अतिथि बुढाले रोकाको निधनले पार्टीलाई समेत क्षति पुुगेको, उक्त क्षतिलाई शक्तिमा रुपान्तरण गर्दै माओवादीलाई आन्दोलनलाईअझ शशक्त बनाउदै लैजानुपर्ने बताउनुभयो । मृतक रोकाले जनयुद्ध स्थापनाकाल देखि नै माओवादी आन्दोलन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आइरहेको चर्चा गर्नुभयो । जसका लागि पार्टीले उहाँलाई सम्मानपूर्वक श्रद्धान्जलीसभा मार्फत सम्मान व्यक्त गर्दै मृतक रोकाले देखेका र देखाएका पार्टी विकासको यात्रा निरन्तर लामबद्ध हुने समेत प्रतिवद्धता सहित आम नेता कार्यकर्तामा आह्वान गर्नुभयो ।


कार्यक्रममा विशिष्ट नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका अध्यक्ष रमेश वली (राजन)ले रोकाको निधनले पार्टी एक आर्दश कार्यकर्ता गुमाएका बताउदै रोकाको निधनलाई पार्टीले शोकलाई शक्तिमा रुपान्तरण गर्दै अघि बढ्न नेता कार्यकर्तामा आह्वान गर्नुभयो ।

उक्त श्रद्धान्जलीसभा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका सचिवालय सदस्य पुनम शेरपाईली लगायतका नेता कार्यकर्ताहरुले श्रद्धान्जली मन्तव्य व्यक्त गर्नुुभएको थियो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य प्रमिता चौधरी, घोराही उपमहानगरपालिका पार्टी कमिटि कोषाध्यक्ष दिल कुमारी बुढा लगायतको सहभाागिता रहेको थियो । सभाको सहजीकरण पार्टीका वडा सचिव भिमकुमारी पुनले गर्नुभएको थियो ।