तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा बस्नेतको मृत्यु

तुलसीपुर, १२ कात्तिक ।
तुलसीपुरको मदन आश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१७ मजगैं निबासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।


गएराति पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका – ६ को मदन आश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७प १६२९ मोटरसाइकल पल्टिंदा बस्नेत घाइते हुनुभएको थियो । घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।