दाङ, ४ असोज ।
लुम्बिनी प्रदेश अन्तर्गतका कपिल्वस्तु, दाङ, रूपन्देही, अर्गाखाँची, गुल्मी र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाहरूबाट जारी भएका ट्राफिक जरिवानाको भुक्तानी अब इसेवा एपबाट सजिलै गर्न मिल्ने भएको छ ।
इसेवा एपभित्र रहेको सरकारी भुक्तानीमा गएर ट्राफिक पुलीस फाईन पेमेन्ट अप्सन छान्ने, ड्रपडाउनमा आर्थिक बर्ष, प्रदेश र जिल्ला छान्ने र अन्त्यमा आफ्नो चिट नम्बर राखेर भुक्तानी सम्पन्न गर्न सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।
नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा पु¥याउनेक्रममा हाल इसेवाबाट आन्तरिक राजश्व कार्यालय, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, राहदानी, कन्सुलर सेवा विभाग लगायत अन्य विविध राजश्व रकम भुक्तानी गर्नमिल्ने ब्यबस्था छ । रूपन्देही जिल्ला, नवलपरासी, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी, बाँके जिल्लामा पहिलो पटक यो सुविधा लागू गरिएको हो ।
लाइभदाङ । ४ आश्विन २०८०, बिहीबार ११:५७ बजे