भृकुटी महिला विकास सहकारीको २१ औं साधारण सभा सम्पन्न

तुल बहादुर कवँर मगर/दाङ, ३० भदौ ।

भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ३ मसुरीयाको २१ औं वार्षिक साधारणसभा शनिबार संस्थाको कार्यालय मसुरीयामा सम्पन्न भएको छ।

सभा संस्थाका अध्यक्ष हिमाली न्याैपानेकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।


“सहकारीकाे दिगोपन:स्वनियमन र सुशासन “भन्ने मुल नाराका साथ साधारणसभामा सम्पन्न भएको हाे।

संस्थाकी उपाध्यक्ष पार्वती सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,संस्थाकी संस्थापक अध्यक्ष तारा भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे।

सभामा ३ जना असल ऋणी, ५ जना असल बचतकर्ता, १ जना जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै १० जना शेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति वितरण समेत गरिएको थियो । त्यस्तै उक्त सभामा संस्थाकी सह- लेखापाल रेखा गैरेलाई उत्कृष्ट कर्मचारीकाे रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीले गर्नु भएको थियो ।