ज्ञान ज्योतिका विद्यार्थीलाई प्रताप दासले नचाए

तुलसीपुर ३० भदौ । विद्यार्थीले भरिएको ज्ञान ज्योतिको आँगणमा शनिबार संगीतमय थियो । नजिकिदै गरेको तिज मात्रै होईन्, हरेक कला र संस्कृतिलाई त्यसले बोलेको थियो ।

त्यसमा सुनमा सुगन्ध थपेका थिए चर्चित कलाकार प्रताप दासले । तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको ज्ञान ज्योति माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा त्यसरी भब्य कार्यक्रम गरि स्वागत गरिएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा सम्मान गरेका हुन् ।

May be an image of 1 person and text


त्यस अवसरमा विद्यालयका संस्थापक अध्यक्ष टिका बहादुर जिसीले ज्ञान ज्योतिले उत्कृष्ट नतिजा ल्याएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । विद्यार्थीले गुणस्तरीय शिक्षा खोजेको भन्दै त्यो ज्ञान ज्योतिले दिने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष दुजमान भण्डारीले पछिल्लो समय १२ कक्षा पास गरेर विदेशीने क्रम बढ्दो छ, त्यसलाई रोक्नका लागि विद्यालयले भूमिका खेल्ने बताए । शिक्षा क्षेत्रमा ज्ञान ज्योतिले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा कलाकार गोविन्द मधुर आचार्यलगायत विद्यालर्थीहरुले पहिचान झल्किने प्रस्तुती राखेका थिए । त्यस अवसरमा जिल्ला प्रथम हुन सफल विज्ञान संकायमा अध्ययनरत सिद्धान्त केसी, व्यवस्थापन संकाय तर्फ विद्यालय प्रथम आउन सफल केशवराज महतरा, कानुन संकाय तर्फ प्रथम हुने रुपा केसी र शिक्षा संकाय तर्फ प्रथम आउन सफल सरिता डिसीलाई सम्मान गरिएको थियो ।

कक्षा १२ मा अध्ययनरत छात्र सुशिल पराजलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक शरद गौतमले स्वागत गरेका थिए भने सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।