तुलसीपुरका सोलार बत्ति पनि सुते !

तुलसीपुर/ तुलसीपुर बजारका सडक बत्ति बाल्न छोडेको अहिले होईन्, ३ बर्ष पुग्नै लाग्यो । २०७३ सालमा सडक बक्ति जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए । त्यसपछि ति शौर्य सडक बक्तिको टिकाउ भनेको केहीको १ बर्ष भयो, भने केही बत्ति बढिमा डेढ बर्ष टिके ।

त्यसपछि सबै सडक बक्ति बल्न छोडे । रातिमा बल्नुपर्ने बत्ति सधैकालागि सुतेपछि पैदल यात्रुहरुकालाई मात्रै सास्ती छैन्, वरपरका साहुजीहरुलाई पनि निकै समस्या हुनेगर्छ ।‘सडक बक्ती नाम मात्रैका भए, बल्न छोडेको धेरै बर्ष भयो’, तुलसीपुरका सुनचाँदी व्यबसायी तुलसीराम सुनारले भने‘हाम्रा पसलमा सीसी क्यामेरा त छन्, तर बक्ति नै नभएपछि त्यो पनि देखिन समस्या हुने गरेको छ ।’

तुलसीपुरका बिभिन्न ठाउँका पसलमा चोरी भएपनि चोरी गर्ने ब्यक्तीहरुलाई पत्ता लगाउन निकै समस्या हुने गर्छ –किनकी सडक बक्ती नबल्दा सीसी क्यामेराले देखाएपनि अनुहार चिन्न गाह्रो हुन्छ । बक्ति बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतकालागि कुनै पनि पहल भएको देखिदैन । अहिले शौर्य सडक बक्ति बल्न छोडेपछि सम्बन्धित टोल विकास संस्थाहरुले आफूहरुले नै बक्ति जडान गरेर बाल्ने गरेका छन् ।

शौर्य बक्तिमा अन्य बक्ति जडान गरेर भएपनि काम चलाउन गर्ने गरिएको तुलसीपुर ५ स्थित प्रतिभा टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीले बताए । ‘हाम्रो टोलमा १५ वटा यस्ता बक्ति जडान गरिएको हो । ति एक बर्षसम्म मात्रै बले’,उनले भने‘खासमा ५ बर्ष ग्यारेन्टी भनेर हामीलाई भनेपनि सबैको मिलाएर ५ बर्ष रहेछ, ब्याट्रि त दुई बर्षको मात्रै रहेछ, यो कुरा पछि ब्याट्रि विग्रिएपछि आएका इञ्जिनियरले भनेपछि मात्रै हामीले थाहा पायौं ।’


यी बक्ति मर्मत गरिदिने भनि पटक–पटक आस्वासन दिने गरेको भएपनि मर्मत गर्न तर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ । अहिले कसैले चासो नदिएपछि आफैले बक्ति राखेर सडकमा बत्ति बाल्ने गरेको उनको भनाइ छ । बजारमा मात्रै होईन्, अन्य स्थानमा पनि सौर्य बक्ति जडान गरिएको थियो । तुलसीपुयर १९ छिल्लीकोटको मालिका मन्दिरमा पनि बक्ति जडान गरिएको थियो । तर, त्यो बत्ति पनि विग्रिएको लामो समय भएको स्थानीय अगुवा प्रविर पुनले बताए ।‘हामीले पटक–पटक जानकारी गरायौं’,उनले भने‘तर, त्यो बक्ति बिग्रिएको लामो समय कसैले पनि चासो देखाएनन् ।’

तुलसीपुरका बिभिन्न स्थानमा एकसय २५ शौर्यवत्ति जडान गरिएको छ । तीन पटक गरेर शौर्य बक्ति जडान गरिएको हो । पहिलो पटक ३५ वटा बत्ति जडान गरिएको हो । जसमा ३६ लाख ३६ हजार लगानी लागेको थियो । त्यस्तै दोस्रो पटक ७० लाख बजेट र १० प्रतिशत स्थानीयको सहभागितामा सडक बत्ती जडान गरिएको हो । त्यस्तै तेस्रो चरणमा बिभिन्न सार्वजनिक स्थल,बाटो, टोल, सवदाहगृहलगायतका स्थानमा बत्ति जडान गरिएको इञ्जिनियर पवनकुमार योगीले बताए ।‘हामीले तीन चरणमा सडकबत्ति जडान गरेका हौं, यहाँ बिभिन्न ठाउँमा एकसय २५ वटा सडकबत्ति जडान गरिएको छ’,उनले भने‘तर, अहिले केही स्थानमा बत्ति जडान गरिएको छ ।’

उनका अनुसार ब्याट्रीको ५ बर्ष, प्यानलको १५ बर्ष ग्यारेन्टि रहेको बताए । तर, वातावरणीय प्रदूशनकालागि प्यानलमा धुलो लाग्दा यसरी नबलने समस्या रहने उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक

May be an image of text