ज्ञानज्योती खुला फुटबलको फाईनलमा

लक्ष्मण बस्नेत
तुलसीपुर १४असोज  ।
ईनोभेटिभ ज्ञानज्योती फुटबल क्लब टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ १
टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा माईलदाई फुटबल क्लब कालितारा लाई सुन्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै ज्ञानज्योती ले फाईनल यात्रा तय गरेको हो १
उल्लेख्य दर्शकले भरिएको टरिगाउ खेल मैदानमा भएको खेलमा ज्ञानज्योतिका जर्सी न १९ का खेलाडी बिनोद केसि ले खेलको १९ औ मिनेटमा पहिलो गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए १ त्यस्तै जर्सी न १० का निशान डागिले २४ औ र जर्सी न ५ का बिजय ठकुरीले ५० औ मिनेट मा गोल गर्दै टिम लाई तीन सुन्यको जित दिलाउन सफल भए १
यसैबिच प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार बेलुवा फुटबल क्लब र युनाईटेड युथ क्लब तुलसिपुर भिड्नेछन् १ खेल दिउँसो दुईबजे पछि हुनेछ १ प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,दिपक श्रेष्ठ,सुरेश बुढामगर र आदेश केसि रहनु भएको छ १
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ १ त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न १ त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिनु भएको छ ।