
दाङ, १७ माघ ।
दाङमा बावु र छोरा सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको पछाडी सवार लमही नगरपालिका–६ का २२ वर्षिय अंकित चौधरीको नम्बर नखुलेको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
लमहीतर्फ गइरहेको स्कुटरलाई सोहि दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले आइतबार दिउँसो ३ बजेतिर घोराही–१५ भिंग्रेली होटेल नजिकै ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अंकितका बुवा ५३ वर्षिय झपेन्द्र बहादुर चौधरीले स्कुटर चलाउनुभएको थियो । ट्रकको ठक्करबाट झपेन्द्र पनि घाइते हुनुभएको छ । घाइते झपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आशंकमा ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १९ माघ २०८२, आईतवार २०:३४ बजे