दाङमा तरुण दल भित्र किचलो

तुलसीपुर,१९ भदौ । दाङमा तरुणदल भित्र किचलो देखिएको छ । तरुणदल तुलसीपुर नगर अध्यक्षका विषयमा किचलो बढेको हो ।

जिल्ला पार्टी र केन्द्रीय सदस्य गोपाल दहितको निर्देशन भन्दै नगर पार्टीले ११ भदौमा कमल घर्तीलाई तरुण दल तुलसीपुरको अध्यक्षमा मनोनित गरिएको थियो । तुलसीपुर ६ निवासी घर्तीलाई अध्यक्षमा मनोनीत भएपछि विवाद सुरु भएको हो ।

यसलाई काँग्रेसमा विगतमा देखिएको आन्तरिक शक्ति संघर्षकै निरन्तन्तरताका रुपमा लिइन्छ । तुलसीपुरमा काँग्रेस केन्द्रीय सदस्य गहेन्द्र गिरी र दीपक गिरीबीच आन्तरिक शक्ति संघर्ष हुँदै आएको थियो । त्यही संघर्ष तरुणदलको अध्यक्ष मनोनीतको विषयलाई लिईएको छ ।

हमाल सभापति भएको समितिले घर्तीलाई नगर अध्यक्ष मनोनीत गरेपछि गेहेन्द्र गिरी समूहले विरोध मात्रै जनाएको छैन, नगर अध्यक्षमा अर्को ब्यक्तीलाई दावीका लागि अघि सारेका छ ।


२०७३ मा भएको तरुणदल तुलसीपुरको अधिवेशनले प्रविण केसीलाई अध्यक्ष बनाएको थियो । अध्यक्ष केसी हाल रोजगारको सिलसिलामा अमेरिका छन् । उनको ठाउँमा सोही कार्यसमितिका उपाध्यक्ष सुरेन्द्र सिंहलाई कार्यबहाक अध्यक्षका रुपमा जिम्मेवारी तोकिएको थियो ।

उनै सिंहले आफूलाई अध्यक्ष मनोनीत गर्नुपर्ने माग राखेका छन् ।‘तरुणदलको आफ्नो छुट्टै विधान भएकाले गर्दा पनि अर्को अधिवेशन नहुँदासम्म हालसालकै समितिले संगठनका गतिबिधि गर्ने पनि सबै सामु जानकारी गराउँदछु’,उनले भनेका छन्‘सामाजिक सञ्जालमा नेपाली काँग्रेस तुलसीपुर नगर कमिटिले नेपाल तरुणदलको विधानलाई नै अध्ययन नगरी हचुवाको भरमा कमल घर्तीलाई अध्यक्षको जिम्मेवारी दिएको सामाजिक सञ्जालमा देखा पर्‍यो ।’