दाङ २(१) को मतगणना अन्तिम चरणमा: करिब पाँच हजार मात्रै गन्न बाँकी

तुलसीपुर
७ मंसिर / दाङ क्षेत्र नं.२ को प्रदेशसभा १ को मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । बुधबार विहान ११ बजेसम्म ३२ हजार एक सय ५८ मत गणना भइसकेको छ ।

जम्मा ३७ हजार ८६ मत खसेकोमा अब ४ हजार ९ सय २८ मत मात्रै गन्न बाँकी छ । अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवार काँग्रेसका राजु खनाल अगाडी छन् । उनले १४ हजार २१ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्पर्धी एमालेका बलिभद्र राणाले १२ हजार २ सय ४२ मत प्राप्त गरेका छन् ।


उनीहरुबीचको मतान्तर १ हजार ७ सय ७१ रहेको छ । सोही क्षेत्रमा ६३ हजार ३ सय २२ मतदाता थिए ।