भ्रष्टाचार बिरूद्व हाम्रो अभियानः वली

तुलसीपुर, १७ भदौ ।
नेकपा माओवादी केन्द्र तुलसीपुर ५ ले जनतासंग माओवादी विशेष रूपान्तरण अभियान सुरू गरेको छ । शनिबारदेखि उक्त अभियान सुरू भएको हो ।

पार्टीका वडाध्यक्ष बेदप्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय निर्वाचन आयोग प्रमुख कुबेर वलीले भ्रष्टाचार बिरूद्व यो अभियान रहेको बताए ।


मुलुक भ्रष्टाचारमा लिप्त भएको अबस्थामा यसलाई ठूलो चुनौतिका बाबवुत फाईलहरू खोलिएको भन्दै यसमा जनताको साथ आबश्यक पर्ने बताए । त्यस अवसरमा तुलसीपुर नगर पार्टीका सल्लाहकार केएल भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।