
तुलसीपुर, २४ भदौ ।
दाङको बबई गाउँपालिकालेपनि जलेकै भवनबाट सेवा दिइरहेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीका अनुसार पुरानै भवनबाट सेवा सुरु गरिएको छ । पालिकाले सबै सेवा दिन थालेको उनको भनाई छ ।
जेनजी आन्दोलनका क्रममा तीन वटा भवन जलाईएको थियो । पालिकाको प्रशासनीक भवन, हलसहित तीन वटा भवन जलाईएको थियो । ति मध्ये केही सेवाहरु पालिकाको पुरानै भवनबाट सञ्चालन गरिएको छ, भने केही सेवाहरु वडा कार्यालयहरुको भवन तथा विद्यालयका भवनहरु प्रयोग गरेर सेवा प्रवाह थालिएको छ ।
आगजनीबाट केही सामाग्रीहरु जलेका थिए, भने केही चोरी भएका थिए । पालिकाका पाँच वटा मोटरसाईकल पनि जलेका थिए ।



लाइभदाङ । २४ आश्विन २०८२, शुक्रबार १३:०३ बजे