
तुलसीपुर, २७ वैशाख ।
पछिल्लो एक हप्ता यता तुलसीपुर उपमहानगरपालिका वडा नं.४ खुमखानीका ८ वटा बाख्रा भालुले मारेको छ । स्थानीय अमर घर्तीका ३ वटा, रेशम बहादुर घर्तीका ४ वटा र टोपबहादुर विकका एउटा बाख्रा मारेको हो ।
त्यहाँका किसानहरुले पालेका बाख्रालाई भालुले मार्ने गर्छ । प्रत्येक बर्ष यसरी नै भालुले बाख्रा मारिदिने गरेको स्थानीय अमर घर्तीले बताए । उनका अनुसार विगतका बर्षहरुमा भालुको आक्रमणबाट बाख्रा मर्ने गरेका थिए ।



लाइभदाङ । २७ बैशाख २०८३, आईतवार ०७:५७ बजे