नापी कार्यालयका प्रमुखलाई पत्नी शोक

तुलसीपुर,१५ भदौ।
नापी कार्यालय तुलसीपुरका प्रमुख भक्तबहादुर विकलाई पत्नी शोक परेको छ । विककी श्रीमति घोराही उपमहानगरपालिका १५ निवासी ३२ बर्षीया आशा नेपालीको विहीबार साँझ निधन भएको हो ।


लामो समय देखि आमाशयमा भएको क्यान्सरको कारण नेपालीको मृत्युु भएको परिवारले जनाएको छ । नेपालीको शुक्रबार अन्त्येटी गरिएको छ । उनको १० महिने शिशु, ३ बर्षकी एक छोरी छन् । नेपाली एमालेका केन्द्रीय सदस्य भागवत विश्वासीकी बहिनी समेत हुन् ।