
लक्ष्मण बस्नेत
तुलसीपुर, १९ माघ ।
तुलसीपुर नगर स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को रनिङ शिल्ड सहिद स्मृति आवासिय मावि तुलसीपुर– १७ वनकट्टिले जितेको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर मावि उरहरीको व्यवस्थापनमा संचालित प्रतियोगितामा १० स्वर्ण, १० रजत र ५ कास्य पदक हात पार्दै सहिद स्मृति माविले रनिङ शिल्ड जितेको हो ।
त्यस्तै ९ स्वर्ण, १२ रजत र ११ कास्य पदकका साथ साविक बिजेता गोरखा माबी तुलसीपुर दोस्रो, पब्लिक ज्ञानज्योती तुलसीपुर ८ स्वर्ण, १२ रजत र १४ कास्य पदक हात पार्दै तृतीय भयो । त्यस्तै गुरु जजुर नमुना मावि रक्षाचौर ७ स्वर्ण, ८ रजत, ३ कास्य पदकका साथ चौथो, मावि तुलसीपुर सेन्टर ७ स्वर्ण, ३ रजत, १० कास्य पदक हात पार्दै पाचौँ र ६ स्वर्ण, ५ रजत, ६ कास्य पदक हात पार्दै ग्रेट अरनिको मावि तुलसीपुर छैठौं स्थान प्राप्त गर्न सफल भए ।
यसैगरी छात्र भलिबल तर्फ ग्रेट अरनिको मावि प्रथम, पब्लिक ज्ञान ज्योती मावि द्वितिय, गुरु जजुर र महेन्द्र मावि तुलसीपुर तृतिय भए । त्यस्तै छात्रा भलिबल तर्फ मावि तुलसीपुर सेन्टर प्रथम, ग्रेट अरनिको द्वितिय, पब्लिक ज्ञानज्योती मावि तुलसीपुर र जनप्रीय बोर्डिङ स्कुल बालापुर तृतिय भए । भलिबल छात्रमा ग्रेट अरनिको माविका निश्चल सुनार र छात्रामा गुरुजजुर माविका यशोदा पुन उत्कृष्ट खेलाडी भए ।
त्यस्तै कबडी छात्र तर्फ मावि कालाखोला प्रथम, गुरुजजुर मावि द्वितिय, ग्रेट अरनिको र महेन्द्र मावि तुलसीपुर तृतिय भए । त्यस्तै छात्रा तर्फ गुरुजजुर मावि प्रथम, ग्रेट अरनिको द्वितिय, महेन्द्र मावि तुलसीपुर र शान्ती मावि नवलपुर तृतिय भए । कबडी छात्रमा मावि कालाखोलाका गणेश बिक र छात्रामा गुरुजजुर माविका दुर्गा नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।
त्यसैगरी एथलेटिक्स तर्फ जनप्रीय बोर्डिङ स्कुल प्रथम, गुरुजजुर मावि द्वितिय र मावि तुलसीपुर सेन्टर तृतीय भए । एथलेटिक्स विधाको छात्र तर्फ जनप्रीय बोर्डिङ स्कुलका कृष्ण बिक र छात्रा तर्फ मावि तुलसीपुर सेन्टरका कमला वलि उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै कराते विधामा गोरखा मावि तुलसीपुर प्रथम, गुरुजजुर मावि द्वितिय र साधना पाठशाला तृतिय भए । कराते छात्रमा मावि तुलसीपुर सेन्टरका सागर सुवेदी र छात्रामा गोरखा मावि तुलसीपुरका सन्जु नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।



त्यस्तै तेक्वान्दो विधामा मावि कालाखोला प्रथम, पब्लिक ज्ञानज्योति द्वितिय र ग्रेट अरनिको मावि तृतिय भए । तेक्वान्दो छात्रमा जनकल्याण मावि दुधरासका निश्चल नेपाली र ग्रेट अरनिको माविका ललिता नेपाली उत्कृष्ट खेलाडी भए ।
यसैगरी उसु तर्फ सहिद स्मृति मावि प्रथम, पब्लिक ज्ञान ज्योती द्वितिय र गोरखा माबी तुलसीपुर तृतिय भए । उसु छात्र तर्फ सहिद स्मृतिका सिमसन रावत र छात्रा तर्फ सहिद स्मृतिकै अनुजा बुढा उत्कृष्ट खेलाडी भए ।
यसैबिच प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम प्रतियोगिताका सचिवालय प्रमुख तथा अमर मावि विधालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय रेखा शर्माको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी र वडा नं. ११ का अध्यक्ष मान बहादुर रावतको बिशिष्ट आतिथ्यमा भएको थियो ।
सो अवसरमा रनिङ शिल्ड विजेता, उपबिजेता, तृतिय हुने विधालय र विधागत खेलमा प्रथम, द्वितिय र तृतिय हुने विधालय, खेलाडी तथा सर्वोउत्कृष्ट खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथी, अतिथी लगाएतले शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी रेखा शर्मा, विशिष्ट अथिती नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका सदस्य मान बहादुर रावत, वडा नं. १८ का अध्यक्ष माधव वलि, वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी, अमर मावि उरहरीका प्रधानाध्यापक पदम बहादुर वली लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सभ्य र भब्य तवरले सार्थक तथा ऎतिहासिक भएको बताउनुभएको थियो ।
माघ १५ गते बाट संचालित प्रतियोगितामा तुलसीपुर नगर भित्रका सामुदायिक तथा संस्थागत विधालय गरि ४३ विधालयको सहभागिता रहेको थियो । अमर मावि उरहरीका शिक्षक तथा सचिवालय सदस्य यज्ञ बहादुर अधिकारीले संचालन गरेको कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतले प्रतियोगितालाई पूर्ण रुपमा सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्याउने सहयोगी दाता, राजनितिकदल, सुरक्षाकर्मी, नगर प्रहरी, विभिन्न उपसमिती, संघ संस्था, टोल विकास संस्था लगायत सबैमा आभार तथा कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । सो अवसरमा विभिन्न कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।
लाइभदाङ । १९ माघ २०८१, शनिबार ०८:५५ बजे