टरिगाउँ एयरपोर्टकालागि बजेट आएको छ : अपार

तुलसीपर
१२ असोज / दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टकालागि बजेट परेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले बताएका छन् । यस अघि अध्यादेश मार्फत केपी सरकारले ल्याएको बजेटमा टरिगाउँ एयरपोर्टमा बजेट परेको थिएन ।

तर, प्रतिस्थापना मार्फत अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा टरिगाउँ एयरपोर्टकालागि बजेट आएको उनले बताए ।‘अध्यादेशमार्फत केपी ओली सरकारले ल्याएको बजेटमा टरिगाउँ एयरपोर्टलाई उपेक्षा गरिएको थियो’, उनले भने‘तर, अहिले प्रतिस्थापन मार्फत एयरपोर्टकालागि बजेट पारिएको छ, मेरो पहलमा अर्थमन्त्रीले बजेट हाल्नु भएको हो ।’ विगत दुई आर्थिक बर्षदेखि टरिगाउँ एयरपोर्टमा बजेट पर्न सकेको थिएन । बजेट नपर्दा एयरपोर्टको स्तरोन्नत्ति हुन सकेको थिएन ।


एयरपोर्टका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अबस्था छैन । त्यसैले एयरपोर्टमा धावन मार्ग विस्तार आबश्यक रहेको छ । एयरपोर्टमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ । यस क्षेत्रको एयरपोर्टलाई स्तरोन्नती गरेर हवाई उडान प्रभाबकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्ने समेत अपारको भनाई छ । एयरपोर्टमा टावर निर्माण र विस्तारकालागि बजेट आएको बताए ।

साभार : अग्रिम साप्ताहिक