फेरी भेटौंला भन्दै बैज्ञानिक डाक्टर पुनलाई लमहीबाट बिदाइ

प्रिया स्मृती गजमेर, 
लमही, ४ चैत ।
नेपालका बैज्ञानिक डाक्टर महावीर पुनलाई फेरी भेट्ने बाचा सहित लमहीबाट बिदाइ गरिएको छ । तीन दिन अगाडी दाङको लमही आइपुगेका बैज्ञानिक डाक्टर पुनले लमहीमा रहेर आफुले लेखेको पुस्तक विक्री गरेका थिए । उहाँलाई पुस्तक विक्री गर्न सहज होस् भनेर देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी सहितका पदाधिकारीले सहजीकरण गर्नु भएको थियो ।
बिदाइका क्रममा बैज्ञानिक पुनले सबैको सहयोगले मात्र आफुले चालेको महाअभियान सफल हुने विश्वास व्यक्त गर्नु भएको छ । मैले निस्वार्थ रुपमा युवालाई देशमै रोकेर देशमै रोजगारीको वातावरण सिर्जना गर्नु पर्छ भन्ने हो, यो अभियान मेरो मात्र हैन सबै नेपालीको हो’– उहाँले भन्नु भयो ।
चार दिनको लमही बसाईमा लमही र गढवा क्षेत्रका संघ संस्थाहरुले बैज्ञानिक डाक्टर पुनलाई ठुलो सहयोग गरेको अध्यक्ष ठकुरीको भनाई छ । लमही राजपुर र गढवा क्षेत्रगरि झण्डै ५ हजार पुस्तक विक्रीगरि डाक्टर सावको महाअभियानलाई सहयोग गर्न सकिन्छ कि भन्ने लक्ष्य राखेका थियौं तर आर्थिक क्राइसिसका कारण त्यो हुन् सकेन’– ठकुरीले भन्नु भयो । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका सबै नेपालीहरुले स्वतस्फुर्त रुपले पुस्तक खरिद गरेर सहयोग गर्नु भएको छ, विरगंजमा रहेको कृषि औजार कारखाना संचालन गर्ने डाक्टर सावको सपना पुरा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं’– उहाँले भन्नु भयो ।
बैज्ञानिक पुनलाई बिदाई गर्दा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ठकुरी सहित पदाधिकारीको टोलीले बधिया भाले प्रदान गर्नु भएको थियो । विगत ५ वर्षदेखि बधिया भालेलाई प्रवर्धन गर्नका लागि आफु लागि परेको भन्दै युवा व्यवासायी ठकुरीले यस तर्फ पनि बैज्ञानिक डाक्टर पुनको ध्यान जानु पर्ने बताउनु भयो ।
छोटो समयमा ९ लाख ५३ हजार २ सय ५० रुपैयाँको पुस्तक बिक्रि भएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष ठकुरीले जानकारी दिनु भयो । लमही नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघ, मगर संघ लमही, आदर्श माध्यामिक विद्यालय देउपुर, गोरखा मोडेल सेकेण्डरी स्कुल, रोजी बड्स बालबाटिका बोर्डिंग स्कुल, होटल व्यवसायी संघ लमही, काष्ठ व्यवसायी संघ, युवा समूह, लमही जेसिज, नेपाल बैंक लिमिटेड, गुरुकुल एकेडेमी लमही, बैंकर्स क्लव लमही, सनलाइत मोर्डन बोर्डिंग स्कुल, लमही आँखा अस्पताल, देउखुरी बहुमुखी क्याम्पस, थारु कल्याण कारिणी सभा लमही, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ गण अर्जुनखोला, वडा प्रहरी कार्यालय लमही, ज्योतिष्मती विद्यापीठ, मालपोत कार्यालय लमही, गढवा उद्योग वाणिज्य संघ, गढवा गाउँपालिका, ज्ञानज्योती स्कुल गढवा, होटल व्यवसायी संघ गढवा र शुभतारा बोर्डिंग स्कुल लगायतले बैज्ञानिक डाक्टर पुनद्वारा लेखिएको सम्झना, सपना र अविरल यात्रा नामका आत्मकथा पुस्तक खरिद गरि सहयोग गरेका हुन । केहि दिन राप्ती गाँउपालिका क्षेत्रमा रहेर पुस्तक विक्रि गरिने छ ।