तुलसीपुरमा सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

तुलसीपुर, २० पुस । दाङको तुलसीपुरमा सामूहिक बलात्कार गर्ने तीन जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीका अनुसार स्कुटरमा लगेर पीडितले १४ बर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ ।


सोही स्थानमा आएका ब्यक्तीले चारैतिरबाट घेरा हाली एक जनाले सल्लाह छ, भन्दै जंगलमा लगी बलात्कार गरेपश्चात सबैले पालैपालो बलात्कार गरेको प्रहरीको भनाई छ ।

त्यहाँ रहेका चार जना मध्ये दुई जनाले बलात्कार गरेको र दुई जनाले सहयोग गरेको खुलेको छ ।ति मध्ये तीन जना पक्राउ परेका हुन्, एक जना फरार रहेकाले खोजी कार्य भइरहेको छ ।