रोल्पा दुर्घटना अपडेटः ४ जनाको मृत्यु

रोल्पा, २३ साउन ।
रोल्पाबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन पुरुष र एक जना महिला गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । यस्तै दुर्घटनामा १४ जना घाइते भएका छन् । तीन मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक भुषालले बताउनुभयो । दुर्घटनामा गम्भिर घाइतेसहित पाँच जनालाई उपचारका लागि दाङतर्फ ल्याईएको छ ।


रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ रिचिमा दुर्घटनामा परेको हो ।