लुम्बिनीमा १६ गते शफथ गराउन सिफारिश

दाङ,१३ पुष ।
लुम्बिनी प्रदेश सरकारले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई यही पुस १६ गते शफथ ग्रहण गराउनकालागि प्रदेश प्रमुखलाई सिफारिश गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रबक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए । त्यस्तै प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको समेत उनले जानकारी दिए । शफथ राप्ती उपत्यका(देउखुरी) स्थित सभाहलमा हुनेछ ।


बैठकले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ । त्यस्तै प्रदेशसभा भवनको डेकोरेशनको काम पनि अन्तिम चरणमा पुगेको छ ।