संविधान रक्षा गर्न युवाको भूमिका : मास्की

तुलसीपुर, ५ असोज । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन योँग कम्युनिष्ट लिग (वाइसीएल) तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को अध्यक्षमा टोपेन्द्र भण्डारीलाई चयन गरिएको छ ।

शनिवार भएको वडा स्तरीय भेलाबाट टोपेन्द्र भण्डारी को नेतृत्वमा २५ सदस्यीय बाईसीएल वडा कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा हुकुम गिरी , अजित देबकोटा , टोप बहादुर बिक सचिबमा सन्तोष चोैधरी, सहसचिवमा राजेश चोैधरी र कोषाध्यक्षमा केसरी खड्का (डाँगी)लाई चयन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थ मन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा उनले संबिधान, संघीयता, राष्ट्रियता र गणतन्त्र लगायत राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताए ।

वाइसीएल संगठनलाई थप मजबुद गर्ने र युवा शक्तिलाई ससक्त रुपमा अगाडि बढाउन विशेष रणनीति ल्याएर अघि बढ्नुपर्ने दिन आएको समेत उनले बताए । स्थनीय सरकारले गरेका गविधिबारे चासो राख्न र गलत काम गर्नेलाई खबरदारी गराउन वाइसीएलको जिम्मेवारी माओवादी केन्द्र तुलसीपुर नगरका पार्टी इन्चार्ज डिल्ली अधिकारीले बताए ।


वडा भेला गठनपछि अब वाईसिएलले जनतासँग जोडिएका मुद्दाहरुमा काम गर्ने र विकास निर्माण लगायतका क्षेत्रमा डटेर लड्ने वाईसियल दाङ जिल्ला इन्चार्ज अमर नेपाली माइकलले बताए ।

वाइसीएल केन्द्रीय सदस्य माधब बुढाथोकीले वाइसीएल अब देश निर्माण र पार्टीलाई बलियो बनाउन र भ्रष्टाचार बिरुद्ध बुलन्द आवाज उठाउन तर्फ लाग्नु पर्ने बताए । त्यस्तै पार्टीका तुलसीपुर नगर पार्टी सह–इन्चार्ज चित्रबहादुर खड्का, वाइसिएल नगर अध्यक्ष रमेश बस्नेतले बधाई मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रम सम्मान गजाधर चोैधरीले गरेका थिए भने कार्यक्रम सञ्चालन नेकपा माओबादि केन्द्र दाङ जिल्ला सदस्य बेद बोहराले गरेका थिए ।