काँग्रेस घोराही नगर सभापतिमा रावत निर्वाचित

तुलसीपुर
९ असोज / नेपाली काँग्रेस घोराही उपमहानरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् ।

उनले २८६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी निरज गिरीले १६२ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १२४ हो । घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो ।


उपसभापतिमा दुर्लभ केसी २९४ र प्रदीप सुबेदीले २३५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिपर्धीहरु श्रीधर महराले २०० र बेदबहादुर लामिछानेले १२५ मत प्राप्त गरेका थिए, भने सचिवमा भिमकान्त चौधरी २९१ मत र पुष्पराज आचार्य २६० मत प्राप्त गरेका थिए भने उनीहरुका प्रतिपर्धीहरु किरण पौडेलले १४९ र मनोज केसीले १७१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिव पदमा चेतन बस्नेत २९५ मत र राजकुमार बस्नेत २८२ मत प्राप्त गरि बिजयी भएका छन्, भने उनीहरुका प्रतिपर्धीहरु सतिश शर्माले १३६ र भरत धितालले १४९ मत प्राप्त गरेका थिए ।