सर्पले महिलालाई टोकेपछि, कुकुरले सर्पलाई मारेको थियो

तुलसीपुर, २६ असार ।
सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । दाङ तुलसीपुर–११ कटाहा निवासी डम्बर डाँगीकि श्रीमती ४० बर्षिय ललिता डाँगीको मृत्यु भएको हो ।

उनको आईतवार राती उपचारको क्रममा मृत्यु भएको आफन्तीले बताएका छन् । बेलुका भान्साकोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाबाट भेरी अस्पताल नेपालगञ्ज लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।


आफु बस्ने घरधनीलाई सर्पले टोकेपछि घरको कुकुरले सर्प पसेको प्वालको वरिपरी घुमिरहेको थियो । मानिसले सर्प पसेको प्वाल खनेपछि त्यो कुकुरले सर्पलाई बाहिर निकाल्यो । सर्पलाई बाहिर निकालेपछि सर्पलाई झम्टिएर मार्‍यो । त्यसको केही समयपछि कुकुर पनि मरेको थियो ।