मेट्रोका विद्यार्थी राष्ट्रिय खेलकुदमा सहभागी हुँदै

तुलसीपुर,१५ असोज ।
असोज २८ देखि पोखरामा हुन गइरहेको नवौ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा तुलसीपुर मेट्रो कलेजबाट दुई जना खेलाडी भिन्नाभिन्नै खेलमा सहभागी हुने भएका छन् ।

कलेजमा डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सन्तोष केसी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै खो खो र सोही कार्यक्रममा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रुचिता घर्ती लुम्बिनी प्रदेशबाट महिला ह्यान्डबलमा सहभागी हुने भएको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।


विभिन्न चरणमा भएको छनोट चरणको प्रतिस्पर्धा पश्चात उनीहरु राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरी छनोटमा परेका हुन् ।