ज्ञानज्योति गर्छ संगीतमय माहोलमा विद्यार्थीको स्वागत

तुलसीपुर, ३ असोज । विहीबार तुलसीपुर स्थित ज्ञान ज्योति माध्यामिक विद्यालयमा कलाकार अर्जुन सापकोटा प्रस्तुती राख्दै गर्दा विद्यार्थीको उत्तिकै हौसिएका थिए । कोही नाचिरहेका थिए, त कोही ताली बजाइ रहेका थिए, भने कोही कलाकारकै गीतमा– गीत मिसाईरहेका थिए । कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रममा विद्यार्थीहरु धेरै जसो समय कलामै रमाए । कसैले नाच देखाए, भने कसैले गीत गाए त कसैल अन्य साहित्यिक रचना सुनाए ।

यो ज्ञान ज्योतिको स्वागत गर्ने शैली हो । सधै यस्ता कार्यक्रममा कलाकार मार्फत ज्ञान ज्योतिले मनोरञ्जन दिइरहेको हुन्छ, त्यो पनि राष्ट्रिय कलाकारको साथमा ।
विद्यार्थीहरु बढि संगीत रुचाउछन्, यो मनोविज्ञान ज्ञानज्योतिले राम्रै बुझेको छ । मन्चमा ध्यान केन्द्रित गर्ने ज्ञान ज्योतिको यही कला प्रयोग गर्दै विहीबार कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत ग¥यो । विद्यार्थीहरु पनि खुसी देखिन्थे ।

तुलसीपुर–६ स्थित उक्त विद्यालयमा अध्ययनरत १२ का विद्यार्थीहरुले त्यो कार्यक्रम आयोजना गरेपनि सबै सहयोग विद्यालयले नै गरको थियो । १२ का विद्यार्थी प्रतिक वलीको अध्यक्षता तथा तुलसीपुर शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्य एवं ज्ञानज्योतिका संस्थापक अध्यक्ष टीका बहादुर जिसीको विशष्टि आतिथ्यमा कार्यक्रम भएको थियो ।


त्ययस अवसरमा प्रमुख अतिथि खड्काले समाजलाई सभ्य मार्गमा डो¥याउन विद्यार्थीहरुकै भूमिका रहने बताए । उनले विद्यार्थी कालमा समयको निकै महत्व हुने भन्दै त्यसलाई सही सदुपयोग गर्नुपर्ने बताए ।

विद्यालयका शिक्षक शरदकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए ।