
तुलसीपुर, ५ फागुन ।
दाङको तुलसीपुरमा मंगलबार विहान बम पड्केको जस्तो आवाज आयो । साढे ७ बजेतिर पातुखोला स्थित अटोभिलेज आसपासमा ठूलो श्वरमा आवाज आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले चासो देखाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीले भने‘ पड्केको जस्तो आवाज त आयो, टायर पड्केको पो होकी, हामी खोजिरहेका छौं ।’ अहिले त्यो स्थान खोजीकालागि प्रहरी परिचालन गरिएको छ ।



लाइभदाङ । ५ फाल्गुन २०८२, मंगलवार ०८:१४ बजे