विद्यार्थीको अक्षर सुधारमा ‘राप्ती गाउँपालिका’

देउखुरी, २० असार ।
दाङको राप्ती गाउँपालिकाले विद्यार्थीको अक्षर सुधारमा ध्यान दिएको छ । विद्यार्थीले आफूले जानेको कुरा ब्यक्त गर्ने माध्याम नै अक्षर भएकाले अक्षर सुद्ध हुँदा नै विद्यार्थीको स्तर बृद्धि हुने भन्दै यो अभियान चलाएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

तालिमको प्रशिक्षकमा हिमाल डाँगी थिए । तालिममा एक हजार बढि विद्यार्थीहरु सहभागि थिए, भने शिक्षकहरु पनि सहभागि थिए ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, शिक्षा युवा शाखा प्रमुख विश्वास विश्वकर्मालगायतले अक्षर सुधार आबश्यक रहेको बताएका थिए ।

डाँगीले जिल्ला तथा जिल्ला बाहिरका विद्यार्थी तथा शिक्षकहरुको अक्षर सुधार अभियानमा सक्रियता जनाएका छन् ।