
दाङ, १४ माघ ।
अपारले राखेका विकासका माग
राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले तुलसीपुरमा भएको पार्टीको तेस्रो अधिवेशन तथा खबरदारीसभामा बिभिन्न मागहरु राखे । तुलसीपुर इतिहासमा धर्ती पूत्रका रुपमा रहेको थारु समुदायका दंगीशरण राजाले राज्य गरेको स्थान तुलसीपुर ११ सुकौरामा पर्ने भएकाले यसको इतिहास संरक्षण गर्ने तर्फ ध्यान दिनुपर्ने माग राखे ।
त्यस्तै उनले मानपुर दाङको सदरमुकाम रहेको, अञ्चल सदरमुकाम दाङको तुलसीपुर रहेको, दक्षिण एसियाको दोस्रो ठूलो उपत्यका रहेको, नेपाल संस्कृत विश्वविद्यालय पनि दाङमै रहेको बताए । त्यस्तै प्रदेश राजधानी पनि दाङमै रहेको भन्दै यी यस्ता कुरामा ध्यान दिएर दाङको विकासमा पहल लिनुपर्ने बताए ।
मास्कीले राखेका विकासका माग
लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले पनि दाङकै भबिष्यसंग जोडिएको २०११ सालमा स्थापित टरिगाउँ एयरपोर्टलाई स्तरबृद्धि गरेर कम्तिमा ७२ सिटे जहाज बस्न मिल्ने बनाउनु अहिलेको आवश्यकता रहेको बताए । त्यस्तै ग्वारखोलाई हाइड्याम आफ्नो सपना भएको भन्दै यसकालागि पनि पहलको माग गरे । उनले ग्वारखोला हाइड्याम्पबाट खानेपानी समस्या समाधान गर्नुकासाथै, सिंचाई, पर्यावरण, पर्यटन, विद्युतलगायतमा पहल हुने बताए ।
त्यस्तै साविक राप्तीकै उपचारको केन्द्र राप्ती प्रादेशिक अस्पताललाई बनाउने लक्ष्य रहेको बताए । उनले आफू प्रदेशको अर्थमन्त्री हुँदा ओएमएन सर्वे गरेर दुई सय सैया बनाउने खोजिरहेको भएपनि त्यो सम्भव नभएको बताए । थारु राजा दंगीशरणले राज गरेको स्थान सुकौरा ओझेलमा छ । राजा दंगीशरणको दरबारको इतिहास संरक्षण र प्रबद्र्धन गर्न आवश्यक रहेको उनले बताए ।
त्यस्तै पर्यटकीय क्षेत्र पुरन्धारा झरनामा ¥याफिटङको सम्भाब्यता अध्ययनकालागि बजेट समेत बिनियोजन गरिसकेको बताए । साइकलिङ्गकालागि पनि बजेट ल्याएको उनले बताए। जसलाइ पश्चिम दाङको पर्यटकीय केन्द्रका रुपमा विकास गरेर पश्चिम दाङको गन्तब्य बनाउन पहल गरिदिन अध्यक्ष प्रचण्डसंग माग गरे । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १४ माघ २०८१, सोमबार १९:५५ बजे