विद्यार्थीलाई काममा जिम्मेवार बनाउँदै ‘गोरखा’

तुलसीपुर,१७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित गोरखा मोडेल कलेजले विद्यार्थीलाई आफ्नो काम प्रति जिम्मेवार बनाउन सिकाउँदै आएको छ ।

प्रत्येक बर्ष कलेजले पर्यटकीय क्षेत्र लुम्बिनीको अवलोकन गराउदै आएको छ । यस बर्ष पनि विविएस प्रथम बर्षका विद्यार्थीहरुलाई लुम्बिनी घुमाउनुकासाथै आफ्नो जिम्मेवारप्रति कसरी बफादार बन्ने भन्ने विषयमा कक्षा दिएको छ ।

गोरखा मावि तुलसीपुर उपाध्यक्ष डोरबहादुर जीसीको अध्यक्षता तथा गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गाबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा योग गुरु रबिन्द्र बस्नेतले योगा र ध्यानका बारेमा विद्यार्थीहरुलाई मार्ग निर्देश गरेका थिए । कार्यक्रम २ दिनसम्म चलेको थियो ।


त्यस अवसरमा क्याम्पस प्रमुख पूर्ण बहादुर डाँगी, गोरखा मावि तुलसीपुरका विज्ञान संयोजक विष्णुप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।