प्रमोद आचार्य
दंगीशरण, ३ असार ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा परीवार नियोजन संघ दाङको प्राबिधिक सहयोगमा महिला प्रजनन नि:शुल्क स्वास्थ्य सिविरको शनिबार तेस्रो दिन प्राथमिक स्वास्थ्यकेन्द्र बागरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिला प्रजनन निःशुल्क स्वास्थ्य सिवीर पाठेघरको निःशुल्क चेकजाच गरेसङ्गै शनिबार शिवीरको समापन गरीएको हो। तिन ठाउँमा सञ्चालित शिविरमा हेकुलि स्वास्थ्य चौकिमा जेठ ३० गते भएको शिविरमा २४१ जना सेवाग्राहिले सेवा लगेका थिए।
सेवा लगेका मध्य पाठेघरकोमुख क्यान्सर स्कृनिङ गर्नेको संख्या २३५, पाठेघर खसेका महिलाको संख्या ६ जना, क्यानसरको संका भएका २ जना, योनजन्य संक्रमण भएका २०३ जना, पाठेघर सम्बन्धि जटिल समस्या भएका ३ जना भेटीएको स्वास्थ्य साखा प्रमुख राजेन्द्र हमालले बताउनुभयो ।
यस्तै असार १ गते गोल्टाकुरी स्वास्थ्य चौकिमा भएको शिवीरमा १७५ जनाले सेवा लगेका थिए । पाठेघरको क्यान्सरको स्कृनिङ १६५ जना,पाठेघर खसेका ५ जना, क्यान्सर संकास्पद १ जना ,योनजन्य संक्रमण भएका १४३ जना ,र पाठेघर सम्बन्धि जटिल समस्या भएका २ जना भेटीएका हुन ।
त्यस्तै शनिबार तेस्रो दिन प्राथमिक स्वास्थ्य सेवा केन्द्र बागरमा जम्मा सेवाग्राही २८२ जना,पाठेघरको मुखको क्यान्सर स्कृनिङ गरेका २७३ जना,पाठेघरका खसेका महिला ४ जना,क्यान्सर संकास्पद १ जना,योनजन्य संक्रमण २२९ जना पाठेघर सम्बन्धि जटिल समस्या भएका १ जना भेटीएको स्वास्थ्य प्रमुख हमालले बताउनुभयो ।
लाइभदाङ । ३ असार २०८०, आईतवार १०:१७ बजे